‘गाँजा बाजा’ १६ वर्ष माथिका दर्शकले मात्र हेर्न पाउँने
यही फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘गाँजा बाजा’ १६ वर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न पाउँने भएका छन् । सोमबार केन्द्रिय चलचित्र जाँच समितीले फिल्मलाई एडल्ट सर्टिफिकेट दिएको हो । नामकै कारण चलचित्र विकास बोर्डले निर्माण अनुमती दिन नमानेपछि यो फिल्मका निर्माताले अदालतको ढोका सम्म ढक्ढकाएका थिए । तर, अब फिल्म चल्नका लागि तयार भैसकेको छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय छ । फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।
For More videos Log on to Mazzako TV








