सामाजिक कार्यका लागि जिग्री पाँडे कतार हुने कार्यक्रममा सहभागी हुदै
सामाजिक कामको सहयोगार्थ कतारमा हुने वृहत साँस्कृतिक कार्यक्रममा कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले सहभागीता जनाउँने भएका छन् । उक्त कार्यक्रमका लागि उनिहरु फागुन २५ अर्थात मार्च ९ कतार प्रस्थान गर्दैछन् । एफ एफ एल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकाडेमीको हलमा हुने कार्यक्रममा नेपालबाट अन्य कलाकारहरु पनि जाने छन् । सो सास्कृतिक कार्यक्रमबाट उठेको रकम नेपालका बालबालिकहरुको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने आयोजकले जनाएको छ ।
एफ. एफ. ले यस अघि पनि यस्ता सामाजिक कार्यहरु गर्दै आएका थिए । जिग्री पाडेँ पनि कलाकारिता संगै समाजिक काममा लाग्दै आइरहेका छन् । उनीहरुले दिनदुखी र असाहयहरुको सहयोगका लागि भन्दै ‘जिग्री पाँडे प्रतिष्ठान’ खोलेर काम गर्दै आएका छन् । धुर्मुस सुन्तलीको हरेक वस्ती निर्माण अभियानमा साथ दिदै आएका ‘जिग्री पाँडे प्रतिष्ठान’ मार्फत सप्तरीका दृष्टिविहीन ३ परिवारका लागि घर समेत निर्माण गरिदिएका छन् ।