अभिनेत्री रेखा थापाको जस्तो आफैले फिल्म होल्ड गर्ने र हलमा दर्शक तान्न सक्ने अभिनेत्री यसपछि देखिएनन् । रेखा थापाको स्टारडम रहिरहँदा ५ बर्ष अगाडि फिल्म क्षेत्रमा आएकी अभिनेत्री प्रियंका कार्कीले केहि मात्रामा चर्चा पाइन् । तर, प्रियंकामा स्टारडमको भ्याकुम भर्ने क्षमता देखिएन । उनकै कारणले फिल्म चलेका उदाहरण छैनन् ।

प्रियंकाले फिल्म क्षेत्रमा राज त गरिन् त सिंगो फिल्म होल्ड गर्न र दर्शक हलसम्म तान्न सक्ने क्षमता देखाउन सकिनन् । अब, फेरि बहस हुन थालेको छ कि प्रियंका पछि को ?

अभिनेत्री कार्कीपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा धेरै छ । तर, अहिले नै साम्राज्ञीले फिल्म क्षेत्रमा उत्पाद मच्चाइहाल्छिन् भन्न सकिने अवस्था छैन । बर्षा राउत, बर्षा सिवाकोटी, स्वस्तिमा खड्का, श्रृष्टी श्रेष्ठ, आना शर्मा लगायतका अभिनेत्री पनि छन् । तर, यी अभिनेत्रीहरुले छोटो समय मात्र चर्चा पाउँछन् कि लामो रेशको घोडा बन्छन् भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा अब बहस सुरु गर्न आवश्यक छ, प्रियंका पछि को त ?

For More videos Log on to Mazzako TV