गतबर्ष अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘क्लासिक’बाट एकछत्र राज गरिन् । गतबर्ष आयोजना भएका अवार्डमा नम्रताको एकलौटी नै देखियो । तर, यो बर्ष उनी अभिनित फिल्म ‘पर्व’ मात्र रिलिज भयो । यो फिल्मबाट उनले सोचेजस्तो तारिफ पाइनन् ।

यसैले, नम्रता फिक्का बन्दा यो बर्ष केहि अभिनेत्रीहरुले अभिनयमा चर्चा पाउने देखिएको छ । अभिनेत्री वेनिशा हमालले फिल्म ‘ब्लाइन्ड रक्स’बाट चर्चा पाइन् ।

फिल्म रिलिज नभएपनि अभिनेत्री नीता ढुंगानाको ‘पंचायत’ फिल्मबाट चर्चा धेरै भैरहेको छ । यसैले पनि यो बर्ष अभिनयका हिसाबले पनि अन्य अभिनेत्रीहरुले स्थान जमाउने देखिएको छ ।

For More videos Log on to Mazzako TV