अभिनेत्री बर्षा सिवाकोटीको करिअर हिजोआज बदलिएको छ भन्दा फरक पर्दैन । बर्षा मिडिया र दर्शकबाट टाढा बस्न चाहने कलाकार थिइन् । तर, अहिले उनी मिडियामुखी भएकी छिन् । यसैले पनि उनी समाचारमा बनि मात्र रहदिनन्, फिल्म पनि उनको हातमा राम्रा ब्यानरका पर्न थालेका छन् ।

फिल्म ‘रानी महल’को पत्रकार सम्मेलनमा उनले लगाएको पहिरनले अधिकांश मिडियामा चर्चा पायो । त्यसअगाडि, उनको पहिरन यति साह्रो चर्चित बनेको थिएन । उनले ‘भैरे’ नामक फिल्ममा काम गरिसकेकी छिन् भने अहिले फिल्म ‘जय शम्भु’मा काम गरिरहेकी छिन् ।

खबरअनुसार, उनको पोल्टामा ‘नाई नभन्नु ल ५ र बिर विक्रम २’ पनि पर्न सक्छ । यसैले, पनि बर्षाको करिअर फेरिन थालेको छ भन्दा फरक पर्दैन ।

 

For More videos Log on to Mazzako TV