वरिष्ठ फिल्म निर्देशक दयाराम दाहालको कवितासंग्रह सार्वजनिक भएको छ । निर्देशक दाहाल फिल्मको कथा र गीत लेखनमा पहिले देखि नै सक्रिया रहदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द–संग्राम’ बजारमा आएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह सार्वजनिक गरियो । रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा लिखित कविता सग्रह ‘शब्द–संग्राम’ लोकार्पण गरेका छन् ।

डिकुरा पब्लिकेशनद्वय प्रकाशित ‘शब्द(सग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २९९ रुपैया पर्ने झण्डै एकसय साठ्ठी पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।

For More videos Log on to Mazzako TV