‘कुटुमा कुटु सुपारी दाना….कुटुमा कुटु….’ सर्वाधिक हेरिएको, युट्युबमा रेकर्ड बनाएको गीत । सबै दर्शक, स्रोताले मन पराएको, मनमा राखेको गीत । विवाह, पार्टी, भोज, समारोह आदी कार्यक्रममा अत्याधिक बज्ने गीत । अरु के के हो के के… भनि साध्य छैन । चलचित्र ‘२ रुपैया’को यो गीतले रेकर्ड बनायो, सिनेमा पनि हिट भयो । निश्चल बस्नेत र आशिष शाहको जोडी फिल्मबृत्तमा निकै रुचाईयो पनि ।

अब यही टिमले नयाँ चलचित्र बनाउने भएको छ । नाम राखिएको छ ‘डामाडोल’ । २ रुपैयाँको कुटुमा कुटुले बम्पर हान्यो अब कति रुपैयाँको डामाडोल गीत र चलचित्र बन्ला ? मानिसहरुलाई अपेक्षा निकै ठुलो छ यो समुहबाट । निर्माण युनिट पनि यतिबेला गीत छनौटमा निकै प्रेसर फिल गरिरहेको छ ।

कमेडी जनरामा निर्माण गरिएको ‘दुई रुपैयाँ’ पछि ‘डामाडोल’ समेत सोही जनरामा निर्माण गर्न लागेको भित्री स्रोतबाट बुझ्नमा आएको छ । ‘डामाडोल’मा निश्चल बस्नेत र आषिफ शाह नै मुख्य भुमिकामा प्रस्तुत हुनेछन् ।

आशिम शाहको निर्देशन रहने फिल्म ‘डामाडोल’ बैशाखको १५ गते बाट फ्लोरमा जाने जनकारी आएको छ भने प्रर्दशन असोज ५ गतेलाई निर्धारण गरिएको छ ।

For More videos Log on to Mazzako TV