अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम चर्चा दर्शक र मिडियाका लागि नयाँ बिषय रहेन । खुल्लम खुल्ला प्रेममा रहेको यो जोडीको अब गतिविधी मात्र चर्चामा रहन थालेका छन् ।

यो जोडी कम्बोडियाबाट होलिडे मनाएर फर्कदै गर्दा उनीहरु इन्गेजमेन्ट गर्न गएको भन्ने चर्चा पनि भयो । तर, यो जोडीले अहिले नै बिहे गर्ने कुनै योजना नरहेको बताएको छ । अभिनेत्री प्रियंका कार्की व्यवसायिक र व्यक्तिगत रुपमा स्थापित भएपछि बिहे गर्ने बताउँछिन् । दुबैले बिहे अगाडि एउटा राम्रो घरको चाहना समेत व्यक्त गरेका छन् ।

प्रियंका अहिले करिअरको उच्च विन्दुमा छिन् भने आयुष्मान संघर्षरत छन् । यो जोडीले आफूहरुको बिहे बिशेष हुने समेत बताएको छ ।

For More videos Log on to Mazzako TV