अभिनेता अनमोल केसीसँग पर्दा शेयर गर्दै फिल्म क्षेत्रमा प्रवेश गरेका अधिकांश अभिनेत्रीको करिअर चम्किएको छ । अभिनेत्री आना शर्मादेखि साम्राज्ञी राज्यलक्ष्मी शाह हुन् या श्रृष्टी श्रेष्ठ । सबैको करिअर फिल्म क्षेत्रमा चम्किएको छ ।

अभिनेत्री अदिती वुढाथोकी पनि अभिनेता केसीसँग फिल्म ‘कृ’मा काम गर्दै यो क्षेत्रमा प्रवेश गरिन् । फिल्म ‘कृ’ रिलिज भैसकेको छ भने बक्स अफिसमा पनि यसले राम्रो कमाई गर्यो ।

फिल्म रिलिजपछि अब अभिनेत्री वुढाथोकीको करिअर के होला भन्ने चर्चा सुरु भएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी स्टार अभिनेत्री बनिसकेकी छिन् । अदिती पनि सोही बाटोमै जान्छिन् या जादिनन् भन्ने अड्कल लगाउन थालिएको छ ।

फिल्म ‘ड्रिम्स’ रिलिजपछि साम्राज्ञीले जुन तरिकाको हाइप पाइन्, त्यो खालको चर्चा ‘कृ’ रिलिजपछि अदितीको हुन सकेको छैन । यसैले पनि अदितीले अझै केहि मिहिनेत गर्नुपर्ने देखिन्छ । तर, उनलाई दर्शकमाझ नोटिस हुने अनमोलकै कारण सहयोग भने मिलेको छ ।

 

For More videos Log on to Mazzako TV