हिरो करिश्मा, भिलेन को हो खासमा ? (भिडियो)

सदावहार नायिका करिश्मा मानन्धर अभिनित चलचत्रि ‘हिरोज’को ट्रेलर रिलिज गरिएको छ । निर्माण भएर निकै लामो समय पछि चलचित्र प्रर्दशनका लागि तयार भएको जानकारी गराईएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सहित प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।

सिनेमाको प्रोमो हेर्दा नायिका करिश्मा मानन्धरको एक्सन र रोमान्स दुबै देख्न पाईन्छ । सिनेमा निकै राम्रो बनेको नायिका सहित निर्माण टोलीले प्रतिक्रिया दिएको छ । चलचित्रमा करिश्माका अलावा मुकेश ढकाल, दिनेश डिसी, सञ्जोग राना, पुर्णिमा लामा लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

चैत्र २३ बाट दर्शकमाझ आउन लागेको यो सिनेमामा टंक बुढाथोकी र विकास चौधरीको संगीत छ । चलचित्रका गीतहरुमा कमल राई, कविराज गहतराज र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । युवराज लामा र संजोग रानाले सिनेमालाई बनाएका हुन । चलचित्र ‘हिरोज’ लाई फाईट मास्टर एनबी महर्जनले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV








