फागूण २५ गतेबाट फिल्म ‘गाँजाबाजा’ रिलिज हुँदैछ । यो फिल्म केहि बर्षदेखि नै चर्चामा छ । नामकै कारण चलचित्र विकास बोर्डले निर्माण अनुमती दिन नमानेपछि यो फिल्मका निर्माताले अदालतको ढोका सम्म ढक्ढकाएका थिए । तर, अब फिल्म चल्नका लागि तयार छ ।

फिल्मका निर्देशक गणेशदेव पाण्डे यो फिल्मलाई पैसासँग तुलना गर्न नमिल्ने बताइरहेका छन् । फिल्मको ट्रेलरमा प्रयोग गरिएका केहि संवादले आलोचनात्मक चर्चा पाइरहेको छ ।
यो फिल्ममा सुशिल सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।दीपेन्द्र रेग्मी र गोमा बिष्ट फिल्मका निर्माताका रुपमा रहेका छन् । फिल्मले यूवाहरुको कथालाई उठान गरेको छ । फिल्मले प्रदर्शन अगाडि जुन खालको चर्चा पायो, त्यो चर्चाले यसको व्यापारलाई फरक पार्ने देखिन्छ ।

For More videos Log on to Mazzako TV