नेपाली चलचित्र क्षेत्रका चर्चित फाईट डाईरेक्टर राजेन्दै खड्गीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ । मानव बेचबिखनको मुद्दा लागेका खड्गीलाई जिल्ला अदालत काठमाण्डौंले जेल चलान आदेश दिएको हो । शुक्रबार न्यायधिस टेकनारायण पौडेलको इजलासले उनलाई केन्द्रिय कारागार सुन्धारा पठाएको हो ।


नक्कली कागजात बनाएर मानिस कोरिया पठाएको भन्ने आरोप उनलाई छ । डकुमेन्ट्री बनाउने भन्दै खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो। तर, खड्गी भने आफुलाई साथीहरुले धोका दिएको र आफु फसेको बताउछन् । उनले कसैबाट एक पैसा पनि नलिएको बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV