सलमान खानको बिषयलाई लिएर ‘माग्ने बुढा’ भन्छन्, ‘हतारमा गल्ती भो’
चर्चित बलिउड स्टार सलमान खानको नेपालमा हुने भनिएको कार्यक्रम निर्धारित समयमा नहुने भएपछि बिभिन्न किसिमका प्रतिक्रियाहरु आईरहेका छन् । यद्यपि कार्यक्रम स्थगित नभएर पोष्टपोन्ड मात्रै भएको पनि आयोजक संस्थाले जानकारी गराएको छ । तर पनि, कार्यक्रम स्थगित भएको भन्ने खबरले सामाजिक सञ्चालहरुमा निकै राम्रो स्थान पाईरहेको छ । यो बिषयलाई लिएर कलाकारहरुले पनि आ आफ्नै किसिमका प्रतिक्रिया दिएका छन् ।

यसैबीच केदार घिमिरे ‘माग्ने बुढा’ले फेसबुकमा लेखेको स्ट्याटसले निकै तरंग ल्याएको छ । उनको स्ट्याटसमा दर्शकहरुले आआफ्नै प्रतिक्रिया दिएका छन् । कतिले उनको यो स्ट्याटस राम्रो लागेको प्रतिक्रिया दिए भने कतिले एक कलाकार भएर अर्को कलाकारलाई सम्मान दिन नसकेको भन्ने किसिमका आरोहरु पनि माग्ने बुढालाई लगाएका छन् । उनको यस्तो स्ट्याटस राखेको थिए ।

उनको यो स्ट्याटस आएको करिब १५ घण्टा पछि उनले पन आर्को स्ट्याटस राख्दै हतारमा गल्ती भएको भनि लेखेका छन् । उनी लेख्छन्
हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो।
1,सलमान,आयोजक र सलमानका प्रशंसकसॅग क्षमा चाहन्छु।
2, हेपाहा प्रबृत्ति नाजायज नै हो । छिमेकी छिमेकी बिच बराबरीको सम्बन्ध हुनु पर्दछ। म भन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ।

‘माग्ने बुढा’ सामाजिक घट्नाक्रम र समसामयिक बिषयमा फेसबुक मार्फत नियमित जसो आफ्ना धारणाहरु राख्ने कलाकारमा पर्छन् । त्यस्तै फेसबुकमा एक्टिभ हुने अन्य हाँस्य कलाकारहरु दिपकराज गिरी, जीतु नेपाल, मनोज गजुरेल लगायतले पनि यो बिषयमा यस्तो प्रतिक्रिया दिएका छन् ।



सलमान खानको कार्यक्रम आयोजना गर्ने ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको ’दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजकले स्थगित गरेको हो ।
आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल आउन नसक्ने जानकारी दिएका छन् । उनका अनुसार, अबको चारदेखि पाँच हप्ताको बीचमा फेरि कार्यक्रम आयोजना गरिनेछ ।
For More videos Log on to Mazzako TV








