प्रवासमा रहेर नेपाली संगीतमा लागीरहेकी गायिका देशु गोले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । बेलायतमा बस्दै आएकी उनले ‘तिमीसँग बोल्दैमा’ बोलको गीत गीत सार्वजनिक गरेकी हुन् ।उक्त गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा अभिनेत्री अनु शाह र मोडल जीवन भट्टराई फिचरिङ छन् । भिडियोमा उनीहरुको लभ केमेष्ट्री मज्जाको देखिएको छ ।

पासाङ योञ्जन लामाले निर्देशन गरेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविण श्रेष्ठले गरेका छन् । देशुले तीन महिनाअघिमात्रै ‘यो दिलको राजा’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । ‘दिलको राजालाई जस्तै यो गीतलाई पनि दर्शकले रुचाइदिनुहुनेछ भन्ने अपेक्षा छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ ।’

For More videos Log on to Mazzako TV