‘शत्रुगते’ मा पल र आँचलको बिहे सम्भब छ ? (भिडियो)
मह सञ्चार तथा किरण केसीको निर्माण रहेको बहुप्रतिक्षित फिल्म ‘शत्रुगते’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको तेस्रो तथा अन्तिम प्रचार सामाग्री स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि फिल्मका ‘रुपै मोहनी’ र ‘पिरतीको बर्काे’ बोलका २ गीत सार्वजनिक भैसकेका छन् । उक्त दुबै गीतबाट मज्जाको चर्चा पाएको फिल्म ‘सत्रुगते’ चैत्र ९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्हनमा आउँदै छ । कमेडी जनरामा बनेको फिल्मको ट्रेलरमा सम्पुर्ण कलाकारलाई फरक भूमिकामा देख्न सकिन्छ । दुइ प्रेमीबिच को बिबाह यात्रा अनि पारिवारिक कथा बस्तुमा बनेको ‘शत्रुगते’ लाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।
कलाकार हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठको समेत अभिनय रहेको फिल्ममा दिपक राज गीरी, दिपा श्री निरौला,प्रियंका कार्की , पल शाह, आँचल शर्मा लगायतले अभिनया गरेका छन् ।
हेर्नुहोस् शत्रुगतेको ट्रेलर :
For More videos Log on to Mazzako TV