अनुहारमा चोट, आँखामा आँशु अनि डोरीले बाँधिएको हात खुट्टा । हेर्दा लाग्छ, उनलाई कसैले किड्न्याप नै गरेको छ । अब के हुन्छ होला ? कसले उनको यो हालत बनाएको होला ? अनि, कसले उनलाई रेस्क्यु गर्ला ??

तस्वीर हेरेपछि मनमा आउने प्रश्नहरु यस्तै यस्तै नै हुन्छन् होला सायद । तर, तपाईले चिन्ता मान्नु पर्दैन, किनकी यो दृश्य सिनेमाको छायांकनको बेलाको हो । चलचित्र ‘जय शम्भु’को सुटिङ्ग सेटमा देखिएको दृश्यमा नायिका बर्षा सिवाकोटीलाई यस्तो देखिएको हो ।

चलचित्र ‘जय शम्भु’को छायाँकन यतिबेला धमाधम भईरहेको छ । फिल्मका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको परिचयात्मक एकशन सिन खिचिएको छ । चारवटा क्यामेरा एकैसाथ प्रयोग गर्दै सिनेमा खिचिईरहेको छ । त्यस्तै सिनेमाको एक्सन सिनका लागि मात्रै १० लाख बढी खर्च गरेर सेट समेत बनाईएको छ ।

सिनेमालाई रुपेश तामाङ्गले निर्देशन गरिरहेका छन् । ८० प्रतिशत बढि सिन काठमाडौंमा खिचिने यो चलचित्रको बाँकी अंश भने अन्नपूर्ण बेसक्याम्पमा खिचिने बताईएको छ ।

For More videos Log on to Mazzako TV