खगेन्द्र कहिलेबाट डण्डीबियो खेल्दैछन् ?
स्क्रिप्ट राइटर छेतेन गुरुङको डेव्यु निर्देशन रहेको फिल्म ‘डमरुको डण्डीबियो’ को रिलिज मिति फाइनल भएको छ । फिल्मका दुई नयाँ पोष्टर रिलिज गर्दै बैशाखको २१ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । फिल्म मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नुर्बु छिरिंग घलेको लगानीमा निर्माण रहेको फिल्मलाई खगेन्द्रले लेखेका हुन् ।

प्रितम पाण्डे र निमेष श्रेष्ठको सम्पादन रहेको कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायाँकन रहेको छ । फिल्ममा नेपालमा लोप हुँदै गैरहेको ‘डण्डीबियो’ खेलको कथालाई मुख्य रुपमा उठान गरिएको बताइएको छ ।









