शुक्रवार अर्थात फागुन १८ गतेबाट रिलिज हुने बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को प्रिमियरमा मज्जाको प्रतिक्रिया मिलेको छ । बुधवार बिहान राजधानीको कुमारी हलमा प्रिमियर गरिएको हो । दुई सय बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको हो । फिल्म दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, पहिलो मिस नेपाल रुवी राणा, स्क्रिप्ट राईटर प्रदिप भारद्वाज, निर्देशक घनश्याम लामिछाने, निर्देशक सुरज सुब्बा नाल्बो, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री केकी अधिकारी, अभिनेत्री रिमा विश्वकर्मा लगायतको उपस्थित थियो ।


फिल्म हेरेका अधिकांशले नायिका वेनिशा हमालको कामको तारिफ गरे । फिल्मको कथावस्तु र निर्देशन चाम्सलाई पनि तारिफ मिलेको छ । फिल्मका मुख्य कलाकार अर्पण थापा, गौरी मल्लको कामलाई पनि तारिफ योग्य भनिएको छ । फिल्म सृष्टि केसीको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको जीवन संघर्ष देखाइएको छ । फिल्मका निर्माता निकेश लिम्बु हुन् ।

   

For More videos Log on to Mazzako TV