अब रेखाले ‘लाल मस्तिष्क’ निर्माण गर्ने
अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माण घोषणा गरेकी छिन् । रेखाले ‘लाल मस्तिष्क’ नामक फिल्म आफ्नै होम प्रोडक्सनबाट निर्माण गर्न लागेकी हुन् । फिल्मलाई सम्झना रौनियारले निर्देशन गर्ने्छिन् । रेखा स्वयम मुख्य भूमिकामा प्रस्तुत हुने फिल्म जीवन र यात्राको कथामा हुने निर्देशक रौनियारले भनाइ छ । फिल्म आउँदो वर्षको कात्र्तिक २१ गते लक्ष्मि पुजाको दिनबाट प्रर्दशन हुने रेखाले आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन् ।

सम्झनाले यसअघि ‘मेघा’ र ‘फागु’ निर्देशन गरिसकेकी छिन् । जेठको पहिलो सातादेखि छायाँकन सुरु हुने रेखाको ‘लाल मस्तिष्क’ मा रामशरण उप्रेतको छायाँकन, सुरेश अधिकारीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । द्धन्द्ध निर्देशन राजकुमार उप्रेतीले गर्नेछन् । स्क्रिप्ट शिवम अधिकारीको हो । निर्माताको रुपमा आमा सरस्वती थापा, रेखाकी माइली दिदी तारा थापा र नर कार्की रहेका छन् । फरक शैलीको ‘रुद्रप्रिया’ बनाएकी रेखा आफ्नै टिमलाई लिएर मुलधारको ‘लाल मस्तिष्क’ बनाउन लागेकी हुन् ।
For More videos Log on to Mazzako TV







