छविराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ युनिट यति बेला मोफसल प्रचारमा ब्यस्त छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले चितवनमा पुगेर पत्रकार भेटघाट गरेर फिल्मको बारेमा जानकारी गराएको हो । फिल्म यूनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, हेटौँडा हुँदै चितवनमा पुगेको हो ।

नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । निर्माता ओझाले आफ्नो २३ औं फिल्म ‘मंगलम’ आफुलाई चुनौती रहेको बताए । निर्देशक नवल नेपालले फिल्म पूर्ण मनोरन्जनात्मक बनेको र दर्शकको २ घण्टा समय रमाइलो गरि बित्ने बताए । नायिका तथा निर्मात्री शिल्पा पोख्रेलले फिल्मबाट निकै आशाबादी रहेको बताइन् । यता नायक पुष्प खड्काको दास्रो फिल्म ‘मंगलम’ फरक भूमिकामा रहेको बताउदै आएक छन् । गीतसंगीत तथा ट्रेलरको हाइपले पनि फिल्म चल्नेमा पुष्प आशाबादी देखिएका छन् ।

फिल्ममा शिल्पा, पुष्पसँगै पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । फिल्म फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मकोे निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् । ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भई सकेको छ ।

For More videos Log on to Mazzako TV