सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशन रहने फिल्म ‘सुश्री सम्पत्ति’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’ को छायाङ्कन पोखराबाट सुरु भएको हो । मगंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभमुर्हत गरिएको हो । कमेडी तथा लभस्टोरी कथा रहेको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायतको अभिनय रहने छ । त्यस्तै अभिनेत्री प्रियंका कार्की यस चलचित्रमा विशेष भूमिकामा देखिन्दै छिन् ।

फिल्मको सम्पूर्ण छायाङ्कन पोखरामा हुने निर्माण पक्षले जानकारी दिएको छ । राहुल इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुने फिल्ममा मेश त्वयना विज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकरको लगानी रहने छ । सुरेश अधिकारीको सङ्गीत, अर्जुन तिवारीको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको कथा निर्देशन आचार्य स्वयम्ले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV