‘लम्फू’ को ‘सँगै जिउने सँगै मर्ने’ (भिडियो)
बैशाख २८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘लम्फू’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । फिल्मको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केही साता अघि उक्त गीतको अडियो युटुबमा सार्वजनिक गरिएको थियो । जस्ले छोटो समयमा निकै राम्रो चर्चा पायो । दिग्गज धाउरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । फिल्मका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।

भिडियोमा कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ समेत फिचर्ड छिन् । भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा कबिर, मरिष्कासंगै सलोन बस्नेत कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय छ । ‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन र हरि सिलवालको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV








