आँचल र आकाशको रोमान्टिक लुक ‘ब्ल्याक’ मा

नायिका आँचल शर्मा तथा नायक आकाश श्रेष्ठ अभिनित फिल्म ‘ब्ल्याक’ को फस्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आगामी जेठ ११ गतेलाई प्रदर्शन मिति तय गर्दै चार पोष्टर एकसाथ सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा आँचल र आकाशको जोडी रोमान्टिक मोडमा प्रस्तुत छन् भने, अर्काे एक पोष्टरमा आकाशलाई ‘एङ्ग्री’ मुडमा प्रस्तुत गरिएको छ ।

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्मको पोष्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक प्रदिप श्रेष्ठले बताए । एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठले लेखेका हुन् । प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’ मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तको हो ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा सम्पादन अर्जुन जिसीको छ । फिल्मलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।









