‘ब्रेकअप’ मा को को कलाकार थपिए ?
रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस् को प्रस्तुतीमा निर्माण हुने फिल्म ‘ब्रेकअप’ मा अभिनय गर्ने मूख्य कलाकारहरु फाइनल भएका छन् । फागुन २५ गतेबाट फ्लोरमा जाने तयारी सहित निर्माता रोहित अधिकारीले प्रमुख कलाकारहरु सार्वजनिक गरेका छन् । फिल्ममा यसअघि नै मुख्य अभिनेतामा आशिरमान देशराज जोशी अनुबन्ध भएका थिए भने अभिनेत्रीमा शिल्पा मास्के अनुबन्ध भइसकेकी थिइन् । फिल्मको लिड कलाकारमा आशिर र शिल्पासँगै सरोज खनाल, रेमनदास श्रेष्ठ, सलोन बस्नेत र इच्छा कार्की रहने पक्का भएको हो ।
ईच्छा भने ‘ब्रेकअप’ बाटै डेब्यू गर्दैछिन् । हेमराज बिसीको निर्देशनमा बन्ने फिल्ममा लिड अभिनेता आशिरमानले बिसीकै अघिल्लो फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ बाट डेब्यू गरेका थिए । आशिरमान नेपाली फिल्म उद्योगमा पछिल्लो पुस्ताका संभावना बाकेका अभिनेता मानिन्छ ।
फिल्मको ५० प्रतिशत छायाँकन पोखरामा हुनेछ भने, ५० प्रतिशत छायाँकन अष्ट्रेलियामा गरिने निर्माण टिमको भनाई छ । फिल्ममा रोहितसँगै दीपक खतिवडा, रेनु राणा र रुपक थापाले लगानीमा साझेदारी गरेका छन् । नरेन्द्र मैनालीले खिच्ने फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।