‘डिट्ठा साब’ ले ‘चङ्गा’ कहिले उडाउने ?

केहि साता अघि मात्रै छायाँकन सकाएको किशोर भण्डारी निर्देशित फिल्म ‘चङ्गा’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माता तथा निर्देशक भण्डारी ‘डिट्ठा साब’ ले जेठ २५ लाई फिल्मको प्रदर्शन मिति फाइनल भएको जानकारी दिए । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको फिल्ममा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ’बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन् । कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ’चङ्गा’मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।









