अभिनेत्री श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउसफूल भएको छ । शुक्रबार करिब ८० प्रतिशत अकुपेन्सी रहेको कान्छीले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गर्यो ।राजधानीका बिभिन्न हलहरुमा फिल्मका कलाकारहरुको क्रेज पनि मज्जाकै देखियो । फिल्मका मुख्य नायक दयाहाङ राई तथा नायिका श्वेता खड्कासंग तश्बिर खिच्न दर्शक लालाहित थिए । फिल्मका प्रमुख कलाकार श्वेता, दयासँगै अभिनेता प्रज्जवल सुजल गिरी र निर्देशक आकाश अधिकारी शनिवार दिउँसो साढे १ बजे गोपीकृष्ण हल पुगेका थिए ।

काठमाडौंको गोपीकृष्ण हलमा बिहानको ११ बजेको शोमा दुईवटा पर्दा हाउसफूल थिए भने २ बजेको शोमा गोपी, ओम, नमः र शिवाय हल हाउसफूल भएको वितरक गोपाल कायस्थले जानकारी दिए । शनिबार बिहानैदेखि काठमाडौंका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिएका छन् । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका हुन् । दर्शकको उत्साहजनक उपस्थितिका कारण आइतवारबाट मल्टिप्लेक्समा फिल्मले थप शो पाउने खबर प्राप्त छ ।

उपत्यका बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति मज्जाको रहेको बताइएको छ ।

 

 

For More videos Log on to Mazzako TV