‘तरकारीवाली’ अर्थात कुशुम श्रेष्ठको अभिनय रहेको फिल्म ‘लम्फू’ का तीन पोष्टर एकसाथ सार्वजनिक भएका छन् । सार्वजनिक पोष्टरमा नायक सलोन बस्नेत, नवनायक कबिर खड्का, तरकारीवाली, नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मालाई ‘लम्फू’ को पोष्टरमा अटाइएको छ । ‘तरकारीवाली’ भाइरल भएसंगै धेरै चर्चा भयो । अन्तत फिल्ममा समेत अभिनय गरिन् । अब हेर्न बाकी छ, अभिनय कस्तो छ ?

‘लम्फू’ का पोष्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । फिल्म बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउँदै छ ।

यसअघि अर्जुन पोखरेलको संगीत रहेका यो फिल्मका चार गीत अडियो गीत एकसाथ सार्वजनिक भए । सबै गीतलाई मज्जाको प्रतिक्रिया प्राप्त भएको संगीतकार पोखरेलको भनाई छ । ‘लम्फू’ लाई शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् । भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा हरि सिलवालको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV