‘कृ’ को लगानी सुरक्षित
शुक्रबारदेखि रिलिज भएको फिल्म प्रदर्शनको छैटौ दिनमा लगानी सुरक्षित गरेको निर्माण टिमले पत्रकार सम्मेलन नै आयोजना गरेर जानकारी दिएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मले ६ दिनमै ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको बताइएको हो । देशभरका ११८ पर्दामा रिलिज भएको फिल्मले ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको र दोश्रो साताको सम्पूर्ण रकम नाफा हुने निर्माता सुवास गिरीले बताएका छन् । उनका अनुसार, फिल्मलाई ८० लाख ओभरसिज राइट्स र ५० लाख ब्रान्डबाट रकम प्राप्त भैसकेको छ । ५ करोड ४० लाख ग्रस कलेक्शन गर्दा फिल्मले २ करोड ४० लाख रुपैयाँ आफ्नो हातमा पारेको निर्माता गिरीले बताएका छन् ।

फिल्म भोलीबाट दोश्रो सातामा प्रवेश गरेको छ । फिल्म दोश्रो सातामा पनि ८० वटा हलमा रिलिज हुनेछ । फिल्ममा अभिनेता अनमोल केसी, नव–अभिनेत्री अदिती वुढाथोकी, कलाकारहरु अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने सुवास गिरी र भूवन केसीको यो फिल्ममा लगानी छ । फिल्मलाई साढे ३ करोडको बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ । निर्माता भूवन केसीले महंगो बजेटमा उत्कृष्ट फिल्म बनाउँदा दर्शकले साथ दिने विश्वास भएको बताए ।
For More videos Log on to Mazzako TV








