‘कान्छी’ को लगानी सुरक्षित, ब्यापार नाफामा
फागुन ४ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘कान्छी’ ले आफ्नो लगानी सुरक्षित गरेको छ । करिब २ करोड लागतमा निर्माण भएको फिल्मको रिलिज अगावै ब्रान्ड, डिजिटल तथा ओभरसिज राइटसबाट लगानी सुरक्षित भएको हो । ब्राण्ड पार्टनरबाट ८० लाख, डिजिटल र ओभरसिज राइट्सबाट निर्मात्री श्वेता खड्काले १ करोड २२ लाख हात पारिसकेको बताइएको छ ।

फिल्मको ‘चरी चट्ट परि’, ‘ए कान्छी’ गीत र ट्रेलरले गर्दा फिल्मको हाइप माथि पुगेको छ । ‘कान्छी’ लाई निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह(निर्माताको रुपमा रहेका छन् ।
For More videos Log on to Mazzako TV








