‘भ्यालेन्टाइन डे’ को छेकोमा गायक पर्शुराम रिजालको मज्जाको गीतको म्युजिक भिडियो सार्वजनिक भएको । चर्चित नायिका रेखा थापाप्रति समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले’ राखिएको छ । कृष्णराज भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।


उक्त गीतको म्युजिक भिडियो यसै साता छायांकन गरिएको हो । अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् । भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ ।

For More videos Log on to Mazzako TV