मंगलबार निर्देशक दिवाकर भट्टराइले अभिनेत्री दीपिका प्रसाइसँगको बिषयमा लिएर मुख खोले । दीपिका र दिवाकर केहि समयदेखि प्रेममा रहेको चर्चा नेपाली मिडियामा छाइरहेको छ । दीपिका र दिवाकरको प्रेम फिल्म ‘ऐश्वर्य’ को छायांकनदेखि नै सुरु भएको फिल्मी बजारमा चर्चा छ । तर, दिवाकरले भने दीपिकासँग आफ्नो व्यवसायिक सम्बन्ध मात्र रहेको बताएका छन् ।

उनले, मिडियामा आएको यस्तो खबरबारे भ्रममा नपर्न पनि आग्रह गरेका छन् । तर, दिवाकर जति आग्रह गरेपनि उनीहरु फिल्म ‘ऐश्वर्य’को छायांकनदेखि नै प्रेममा रहेको उनीहरु निकट फिल्मीकर्मी बताउँछन् । दिवाकर र दीपिका गोप्य रुपमा विभिन्न कार्यक्रममा पुग्ने पनि गरेका छन् । प्रेम दिवसमा पनि यी दुइले आफूहरुको प्रेम खुलाएका छैनन् ।

For More videos Log on to Mazzako TV