सकिएको हो रेखा र दीपाको दुश्मनी ?
अभिनेत्री रेखा थापाले फिल्म ‘छक्का पन्जा २’ यूनिट र अभिनेत्री ऋचा शर्माको विवादमा मुख खोलेकी थिइन् । उनले, ‘कहिले नसुध्रने भए जोक्करहरु’ भन्दै एक स्टाटसमा कमेन्ट गरेपछि हंगामा नै भयो । यो हंगामाले फिल्मको निर्माण टिम र अभिनेत्री रेखा थापाविच नै बोलचाल बन्द गरायो । तर, फिल्मकी निर्देशक दीपाश्री निरौला र अभिनेत्री रेखा थापाविच प्याचअप भएको छ ।

रेखा थापा र दीपाश्री शिवरात्रीको पूर्व सन्ध्यामा एकसाथ देखिएका छन् । उनीहरुको बिचमा वितरक गोपाल कायस्थ पनि छन् । उनले आखिर एक दिन मिल्नै पर्छ भन्दै स्टाटस लेखेका छन् । यसबाट वुझिन्छ कि रेखा र दीपाविच फेरि प्याचअप भएको छ । रेखा र दीपा एक अर्कासँग रिसाउने र फेरि बोल्ने गरेको यो पहिलो पटक भने होइन ।
For More videos Log on to Mazzako TV








