अभिनेत्री नीता ढुंगाना अहिले फिल्ममा व्यस्त नै छिन् । अफर आएका फिल्ममा निरन्तर काम गरिरहेकी नीता अब एक लभ स्टोरी फिल्ममा अनुवन्धित भएकी छिन् । फिल्मको नाम ‘पारस’ राखिएको छ । यो फिल्मलाई जयन श्रेष्ठले निर्देशन गर्दैछन् ।

यो फिल्ममा नीताको जोडीको रुपमा प्रज्ज्वल सुजल गिरीले काम गर्दैछन् । प्रज्ज्वल फिल्ममा प्राय खलअभिनेताको रुपमा देखिदै आएका थिए । तर, यसपटक भने उनले नीतासँग रोमान्स गर्न लागेका छन् । फिल्मको छायांकन चैत्रबाट सुरु हुने नीताले जानकारी गराएकी छिन् । नीता अभिनित फिल्म बक्स अफिसमा कमजोर भैरहेका छन् । तर, उनले भने निरन्तर काम पाइरहेकी छिन् ।

 

For More videos Log on to Mazzako TV