‘कृ’ को मज्जाको कलेक्शन, हलमा अनमोलको क्रेज (भिडियो)
अनमोल केसी स्टारर फिल्म ‘कृ’ ले सुरुवाती दुई दिनमा मज्जाको व्यापार गरेको छ । अनमोलकै स्टारडमका कारण यस किसिमको व्यापार गर्न सफल भएको फिल्मी क्षेत्रमा चर्चा छ । फिल्मको प्रतिक्रिया भने मिश्रीत आइरहेको छ ।
शुक्रबार अर्थात प्रर्दशनको पहिलो दिन देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँको ग्रस गर्दा फिल्मले शनिबारको कलेक्शनमा छलाङ मारेको हो । दोस्रो दिनको कलेक्सन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँ ग्रस गर्याे ।

फिल्मको दुई दिने कलेक्सन २ करोड ६५ लाख ५३ हजार ६ सय ८ पुगेको छ । पहिलो दिनको कलेक्सनमा राजधानीबाट ६१ लाख १३ हजार ५ सय ६३ र मोफसलबाट ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँको योगदान छ । दोस्रो दिनमा राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ ग्रस हुँदा मोफसलबाट ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ योगदान छ ।

सुरेन्द्र पौडेल निर्दे्शित फिल्ममा अनमोलसंगै अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतको मुख्य भूमिका छ । भुवन केसी र सुवास गिरीको फिल्ममा लगानी छ ।
For More videos Log on to Mazzako TV








