साम्राज्ञी र ‘जय भोले’ टिमविच के भएको थियो कुरा ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘जय भोले’मा काम गरिनन् । उनले काम गर्न नचाहनुको कारण यो फिल्ममा उनको गाउँले भूमिका रहनु बताइयो । गाउँले भूमिकामा फिट नहुने भएकाले पनि उनले यो फिल्म छाडेको चर्चा मिडियामा भयो । तर, यो फिल्मको घोषणा कार्यक्रममा यसका निर्माता तथा निर्देशक अशोक शर्माले साम्राज्ञीले काम गर्न नचाहनुको कारण बताएका छन् ।

उनले, साम्राज्ञीसँग आफ्नो एक पटक मात्र कुरा भएको बताए । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का लागि जुनसुकै समय पनि आफू विदेश जानसक्ने भएको भन्दै साम्राज्ञीले समय अभावको कारण देखाएको अशोकले बताए । कुनै साथीले साम्राज्ञी अहिले सर्वाधिक चर्चामा रहेकाले उनीसँग कुरा गर्न भनेकाले आफूले एक पटक कुरा गरेको अशोकले बताए । तर, फिल्मका लागि स्वस्तिमा नै पहिलो रोजाइ भएको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV








