अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की प्रेम साट्न विदेश पुगेका छन् । उनीहरु, अहिले कम्बोडियामा छन् र अझै ३ दिन त्यहाँ रहनेछन् । नेपालमा रहँदा प्रियंका व्यस्त हुन्छिन् । उनीसँग प्रेमी आयुष्मानसँग रमाइलो पल बिताउने समय हुँदैन । यसैले पनि यसपटक समय निकालेर प्रेम जोडी कम्बोडिया पुगेको हो ।

कम्बोडियामा करिब ६ दिन रहने यो जोडीले प्रेम दिवस मनाउन भन्दा पनि छुट्टी मनाउन आफूहरु आएको बताएको छ । तर, भ्यालेन्टाइन डे नजिकिदै जाँदा त्यहाँ पुगेकाले पनि प्रियंका र आयुष्मानले प्रेम साट्ने समय निकालेको वुझ्न सकिन्छ । उनीहरु, करिब एक बर्षदेखि प्रेममा छन् । तर, प्रेममा रहेपछि उनीहरु खुलेरै प्रेम साटिरहेका छन् ।

 

For More videos Log on to Mazzako TV