माया गर्ने होइन पर्ने हो, पुष्प कि पृथ्वीराज शिल्पाको ? (भिडियो)
छविराज ओझाको निर्माण रहेको फिल्म ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ । नवल नेपाल निर्देशित फिल्मको ट्रेलरले पारिवारिक प्रेम कथालाई बोलेको बुझ्न सकिन्छ । ट्रेलरमा नायिका शिल्पा पोखरेलदेखि साम्राज्ञीराज्य लक्ष्मी शाह सम्मलाई प्रस्तुत गरिएको छ । फिल्ममा शिल्पा, पुष्पसंगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । फिल्म फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

ट्रेलरमा नायिका शिल्पा एक विवाहित महिला भएर प्रस्तुत हुदा नायक पुष्प खड्काको दुई रुपलाई देख्न सकिन्छ । फिल्ममा नायक पृथ्वीराज प्रसाईंलाई शिल्पाको पछि लागिरहेको देख्न सकिन्छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको पर्ख पर्ख मायालु बोलको गीत हिट भैसकेको छ ।
शिल्पा, पुष्प र पृथ्पीसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
For More videos Log on to Mazzako TV








