अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले विवादमा फसिरहेकी छिन् । २ वटा हिट फिल्म दिएपछि अभिनेत्रीहरुमा सर्वाधिक अगाडि देखिएकी साम्राज्ञीलाई विवादले भने तनाव दिइरहेको छ । अभिनेता आर्यन सिग्देलको निर्माणमा बनिरहेको फिल्म ‘कायरा’को छायांकनका लागि साम्राज्ञी अहिले फिलिपिन्समा छिन् । साम्राज्ञीको गोप्य अंगको तल खोपिएको ट्याटु सहितको तस्बिर रिलिज भएपछि विवाद भयो । पछि, उक्त ट्याटु खोप्ने आर्टिस्टले तस्बिर अनुमति विना नै सार्वजनिक गरेको भन्दै माफी मागे । अभिनेत्रीले निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ फिल्ममा गाउँले भूमिका भएकै कारण नगरेको भन्ने खबर आएपछि उनको चर्को आलोचना भयो । तर, अभिनेत्री साम्राज्ञीले लामो स्टाटस लेख्दै आफूले गाउँले भूमिकामा काम गर्दिनँ नभनेको भन्दै स्पष्टिकरण दिएकी छिन् ।

उनले, यस्तो समाचार कसरी आयो भन्ने नै आफूलाई थाहा नभएको बताएकी छिन् । अन्य फिल्मको कार्यव्यस्तताले गर्दा आफूले काम गर्न नपाएको उनले बताएकी छिन् । उनले, आफूलाई सबै खालका भूमिका मनपर्ने पनि बताएकी छिन् ।

 

For More videos Log on to Mazzako TV