करिश्माको ट्याटु
अभिनेत्री करिश्मा मानन्धरको चर्चा कि त राजनीतिका कारण हुन्छ, कि त उनको पहिरनका कारण हुन्छ । राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको ‘कान्छी सुपर नाइट २०१८’मा पुगेकी करिश्माको चर्चा पहिरनका कारण धेरै भयो । उनी, माथिल्लो भाग खुलेको पहिरनमा पुगेकी थिइन् । कार्यक्रममा पुग्नेहरु मध्ये करिश्माको पहिरन ग्ल्यामर थियो ।

उनले, आफ्नो छातीमा खोपेको ट्याटु पनि शो गरिन् । जसलेगर्दा पनि उनको तस्बिरले मिडियामा चर्चा पाइरहेको छ । करिश्मा फिल्म क्षेत्रमा अहिले खासै सफल छैनन् । उनको हातमा फिल्म पनि छैन । फिल्म निर्माणमा पनि उनी असफल भैसकेकी छिन् । तर, पनि पहिरनका कारण उनी सधै मिडियामा छाइरहन्छिन् ।
For More videos Log on to Mazzako TV








