‘कृ’ को बुकिङ खुल्यो, अनमोलको अग्निपरिक्षा
अभिनेता अनमोल केसी २ बर्षपछि दर्शकमाझ फिल्म ‘कृ’ लिएर आउँदैछन् । नेपालमा स्टारडम भएका एक मात्र कलाकारको रुपमा परिचित अनमोलको यो फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्म रिलिज भन्दा ३ दिन अगाडि नै यसको बुकिङ खोलिएको छ । शुक्रबार रिलिज हुने फिल्मको बुकिङ मंगलबारदेखि नै खोलिएको हो । क्यूएफएक्सले यो फिल्मलाई १८ शो दिएको छ । मल्टिप्लेक्समा यो फिल्मले उच्च शो पाएको छ ।

बुकिङ खुल्ला भएसँगै दर्शकको चाप फिल्म हेर्न उच्च देखिएको छ । मल्टिप्लेक्समा वुधबारसम्म फिल्मलको बुकिङ आक्रामक छ । बिहिबार फिल्मको बुकिङ अझै बढ्ने विश्वास गरिएको छ । अभिनेता अनमोल केसीले यो फिल्मबाट आफ्नो कमब्याक हुने बताएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, लक्ष्मी गिरीको मुख्य भूमिका छ । सुवास गिरी र भूवन केसीले यो फिल्म निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV








