अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘डमरुको डण्डीबियो’को पहिलो अनुहार रिलिज गरिएको छ । पहिलो अनुहारमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेलाई देखाइएको छ । उनी, पहिलो अनुहारमा डण्डीबियो खेलिरहेका छन् ।

फिल्ममा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, नमतिा घिसिङको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद गुरुङ र सुमी श्रेष्ठले लगानी गरेका छन् ।
फिल्मको अधिकांश छायांकन लमजुङको घले गाउँमा नै गरिएको हो ।

छेतन गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्रको कथा, प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाँइको छायांकन छ । प्रदर्शन मिति तय नगरी फिल्मको फस्टलुक रिलिज गरिएको हो ।

For More videos Log on to Mazzako TV