फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज गरिएको छ । दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमा आधारित रहेर यो फिल्म बनाइएको छ । मिलन चाम्सले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा निकेश लिम्बुको लगानी छ । फिल्ममा श्रृष्टीको भूमिकामा अभिनेत्री वेनिशा हमालले काम गरेकी छिन् । साथमा, अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारलाई पनि फिल्ममा देख्न सकिन्छ ।

डाक्टरको गलत औषधीका कारण आफ्नो आँखाको ज्योती गुमाएकी श्रृष्टीले जीवनमा भोगेका र पाएका सफलताको कथामा यो फिल्म निर्माण भएको छ । यो फिल्म फागूण १८ गतेबाट रिलिज हुँदैछ । अभिनेत्री वेनिशा हमालले आफूलाई निर्देशक चाम्सले २ वटा फिल्ममा एउटा रोज्न भन्दा ‘ब्लाइन्ड रक्स’ रोजेको बताइन् ।

उनले, यो फिल्ममा आफूले श्रृष्टीको बास्तविक जीवनलाई उतार्न खोजेको बताइन् । श्रृष्टीले आफूलाई अब हजारौ आँखाले हेर्ने भन्दै खुशी व्यक्त गरिन् । निर्देशक मिलन चाम्सले एउटा राम्रो बिषयमा फिल्म बनाउन पाएकोमा खुशी व्यक्त गरे ।

For More videos Log on to Mazzako TV