‘शेरबहादुर र पटुकी’ पनि चलेनन्
नेपाली फिल्मको व्यापार उदेकलाग्दो छ । फिल्मले कमाई नै गर्न छाडेका छन् । अब, सबै दर्शक र फिल्मीकर्मीको आशा फिल्म ‘कृ’ माथि छ । यो शुक्रबार रिलिज भएका २ नेपाली फिल्म ‘शेरबहादुर र पटुकी’ दुबै चैट भए । बक्स अफिसमा न त सुनिल थापा नै चले न त रजनी केसी नै । 
नेपाली फिल्म नचल्नुको पछाडि धेरैले मौसमलाई पनि दोष दिइरहेका छन् । तर, मंसिर, पुष र माघमा नेपाली फिल्मको व्यापार कमजोर रह्यो । यसले गर्दा निर्मातालाई करोडौ घाटा त लागेको छ नै । तर, पनि फिल्म निर्माणको काम भने निरन्तर जारी नै छ । फिल्म बनाउनेले बनाएको बनाई नै छन् ।
For More videos Log on to Mazzako TV







