सार्वजनिक भयो अनमोल र अदितीको रोमान्स
अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीलाई फिचर गरिएको फिल्म ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीत रिलिज भएको छ । स्कटल्याण्डमा खिचिएको फिल्मको गीतको भिडियो आकर्षक छ । गीतमा अनमोल र अदितीको केमेष्ट्री पनि जमेको छ । 
विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ । नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । अभिनेता अनमोल केसीले आफूलाई गीतको भिडियो मन परेको बताए । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी फिल्मका निर्माता हुन् । फिल्मको निर्देशक सुरेन्द्र पौडेलले गरेका हुन् ।








