अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘नाका’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन १८ गतेबाट प्रदर्शनमा आउँने फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । हरेक फिल्ममा फरक भूमिकामा प्रस्तुत हुने विपिन ‘नाका’ को ट्रेलरमा पनि निकै फरक अवतारमा प्रस्तुत भएका छन् । सिमानामा हुने गुन्डागर्दी, अवैध धन्दा र तस्करीको वरिपरि फिल्मको कथा घुमेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

अमित श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतको अभिनय छ । फिल्ममा अभिषेक सुवेदीको पटकथा छ । फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ फिल्मको कार्यकारी निर्मातामा रहेका छन् ।

For More videos Log on to Mazzako TV