‘जात्रा’ को सिक्वेल बन्ने
फिल्म ‘जात्रा’को सिक्वेल बन्ने भएको छ । यो फिल्मको छायांकन वि.सं २०७५ सालको जेठबाट सुरु हुँदैछ । यो फिल्मलाई प्रदिप भट्टराइले नै निर्देशन गर्दैछन् । जसले निर्देशन गरेको फिल्म ‘सत्रु गते’ जेठ ९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको कथाको काम सुरु भएको छ । तर, फिल्म ‘जात्रा’ जहाँबाट सकिएको थियो, त्यहीबाट सुरु गर्ने तयारी प्रदिपले गरेका छन् । फिल्म ‘जात्रा’ आजबाट युटुबमा आउँदैछ ।

‘जात्रा’ युटुबमा आएसँगै फिल्म ‘जात्रा’ को सिक्वेलको टिजर युटुबमा फाल्ने तयारी गरिएको थियो । तर, यो संभव हुन सकेन । फिल्ममा पुरानै कलाकारहरु हुने प्रदिपले जानकारी दिएका छन् ।
For More videos Log on to Mazzako TV








