शुक्रबार ‘शेरबहादुर’ भर्सेस ‘पटुकी’
आज अर्थात शुक्रबारबाट दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झाको अभिनय रहेको फिल्म ‘शेरबहादुर’ र रजनी केसीको मुख्य अभिनय रहेको फिल्म ‘पटुकी’ एकसाथ प्रर्दशनमा आएका हुन् । हलिउड फिल्मबाट प्रभावित ‘शेरबहादुर’ लाई प्रियिमरबाट मज्जाको तारिफ मिलेको छ । फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।

यस्तै, नारीप्रधान फिल्म ‘पटुकी’ मा रजनीसंगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको अभिनय छ । म्याक्टेन कालुको निर्माण रहेको फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । फिल्मका निर्देशक राम नेपाल हुन् ।
‘शेरबहादुर’ प्रिमियर प्रतिक्रिया हेर्नुस् :
For More videos Log on to Mazzako TV








