प्रियंकाले सुव्रतको फिल्म गर्ने
अभिनेत्री प्रियंका कार्कीले संचारकर्मी सुव्रतराज आचार्यको नयाँ फिल्म ‘सुश्री सम्पत्ती’मा काम गर्ने भएकी छिन् । यो फिल्मको छायांकन चाडै नै सुरु हुँदैछ । फिल्मका लागि सुव्रतले सलोन बस्नेत, सारा लगायतका कलाकारलाई फाइनल गरिसकेका छन् । अब, अभिनेत्री प्रियंका पनि यो टिमसँग जोडिएकी छिन् ।

फिल्मको लोकेशन हेर्न अहिले सुव्रत र उनको टिम पोखरा पुगेको छ । सुव्रतका अनुसार फिल्ममा प्रियंकाको विशेष भूमिका रहनेछ । फिल्मलाई रमेश त्वयनाले निर्माण गर्दैछन् । कमेडी कथामा यो फिल्म तयार हुँदैछ । सुव्रतले फिल्म ‘अधकट्टी’ पनि निर्देशन गरिसकेका छन् ।
For More videos Log on to Mazzako TV







