वैशाख १४ मै आउने भयो केकीको ‘कोहलपुर एक्सप्रेस’
अभिनेत्री केकी अधिकारीलाई फिल्म बनाउन कति गाह्रो हुने रहेछ भन्ने बल्ल थाहा भएको छ । फिल्म बनाएर मात्र नहुने, चलाउन पनि उतिकै सकस ब्यहोर्नुपर्ने भएपछि केकीले निर्माताको अप्ठ्यारो वुझेकी छिन् । साउथका सुपरस्टार अभिनेता रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘२.०’ केहि महिना पछाडि धकेलिएपछि केकीलाई ठूलो राहत भएको छ । होइन भने उनलाई अर्को फिल्म ‘लिलिबिली’सँग जुध्नुपर्ने हो कि भन्ने पिर पनि थियो ।

केकीका अनुसार अब फिल्म वैशाख १४ गते नै रिलिज हुने भएको छ । आजसम्म यो मितिमा अर्को फिल्मको डेट तोकिएको छैन । विशाल भण्डारीले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी कथामा फिल्म निर्माण गरिएको छ ।
For More videos Log on to Mazzako TV








