छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न भएको छ । मंगलबार राजधानीमा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा छायाँछविले चौंथो काव्य शृङ्खला सम्पन्न गरेको हो । छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप कार्यक्रम आयोजना गर्दै आएको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

कार्यक्रममा चर्चित युवा कवि तथा साहित्यकार सुदेश सत्यालले कविता र गजलकार साहित्यकार संगीता थापाले गजलहरु बचल गरेका थिए । कार्यक्रमका विशेष अतिथी कलाकार निर्देशक निर्मल शर्माले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना केही भनाइहरु राखेका थिए । कार्यक्रमका श्रष्टाद्वय सुदेश सत्याल र संगीता थापाले आफूलाई चौंथो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।

For More videos Log on to Mazzako TV